नेपालगन्ज : रक्षक सेक्युरिटिज प्रालिले फुड बैंकलाई सहयोग गरेको छ । रक्षकको नेपालगन्जस्थित प्रादेशिक कार्यालयले फुड बैंकलाई सहयोग गरेको हो ।
रक्षक सेक्युरिटिज प्रालिका सञ्चालक जयनारायण शाहले आईतबार बेलुका एक कार्यक्रमको आयोजना गर्दै फुड बैंकलाई आवश्यक खाद्यान्न सहयोग गरेका छन् ।
फुड बैंक व्यवस्थापन समितिका संयोजक तथा गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, सदस्यहरु चन्द्रप्रकाश तिमिल्सिना र हेमराज भट्टलाई एक सय किलो चामल, ५ किलो दाल, १० लिटर खाने तेल, १० किलो नुन, १०० वटा मास्क, १० किलो पिठो र ३० वटा साबुन हस्तान्तरण गरेका हुन् ।
काठमाडौंको बालुवाटारमा प्रधान कार्यालय रहेको रक्षकको नेपालगन्ज कार्यालयबाट प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेश हेर्ने गर्छ ।
यसैबीच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्सेर राणाले फुड बैंकका लागि ५० हजार सहयोग गरेका छन् ।
राजनीतिसगैं सामाजिक कार्यमा क्रियाशिल नेपालगन्जका मेयर राणाले आफूले पाउँदै आएको तलबभत्ता बापतको रकम फुड बैंकका लागि सहयोग गरेका हुन् ।