बाँकेमा उद्योग दर्तामा उत्साह, एक महिनामै थपिए ३५९ उद्योग


बाँकेमा उद्योग दर्तामा उत्साह, एक महिनामै थपिए ३५९ उद्योग

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारले कोरोना महामारीका कारण घरेलु तथा साना उद्योगको प्रबद्र्धनका लागि दर्ता दस्तुरमा पूर्ण छुट भएसँगै बाँकेमा उत्साहजनक रूपमा उद्योग दर्ता भएको छ ।

उद्योग दर्ता दस्तुरमा पूर्ण छुट कार्यान्वयनसगैं बाँकेमा एक महिनामै ३५९ उद्योग दर्ता घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम थारूले जानकारी दिए ।

उनका अनुसार चालू आर्थिक वर्षको साउन १ गतेदेखि भदौ २३ गतेसम्म १३४ उद्योग दर्ता भएकोमा भदौ २३ देखि उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा आएको थियो ।

उक्त निर्णय कार्यान्वयनमा आएको एक महिनामै बाँकेमा ३५९ उद्योग दर्ता भएका छन् । प्रदेश सरकारको गत भदौ ११ गतेको मन्त्रिपरिषद् बैठकले गरेको घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय भदौ २३ गतेदेखि कार्यान्वयनमा आएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘पाँच लाखसम्मको पूँजीमा सञ्चालन हुने घरेलु तथा साना उद्योग दर्ता स्थानीय तहमै दर्ता हुने व्यवस्था छ । तर, पाँच लाखभन्दा बढी पूँजीमा सञ्चालन हुने उद्योग हामीकहाँ दर्ता हुनुपर्दछ’– प्रमुख उद्योग अधिकृत थारूले अगाडी थपे–‘उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएपछि अहिले धमाधम उद्योग दर्ता भइरहेका छन् ।’

२० लाखसम्मको पूँजीमा सञ्चालन हुने उद्योगको पाँच हजार, २० लाखदेखि ५० लाखसम्मको १५ हजार र ५० लाखदेखि माथिको पूँजीमा सञ्चालन हुने उद्योग दर्ताका लागि २५ हजार दर्ता दस्तुर रहेको थियो । प्रदेश सरकारको निर्णयपछि अहिले निवेदन दस्तुरबाहेक अन्य दर्ता दस्तुर पूर्णरूपमा छुट भएको प्रमुख उद्योग अधिकृत थारूले जानकारी दिए ।