३ मन्त्रीले लिए शपथ


३ मन्त्रीले लिए शपथ

नेपालगन्ज : नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार भएको विशेष समारोहमा नवनियुक्त तीन जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ–ग्रहण गराएकी हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

नवनियुक्त मन्त्रीहरुमा विष्णुप्रसाद पौडेल अर्थ, कृष्णगोपाल श्रेष्ठ सहरी विकास र लीलानाथ श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार यी तीन जना मन्त्रीलाई राष्ट्रपति समक्ष सिफारिस गरेपछि बिहिबार राष्ट्रपतिले उनीहरुलाई मन्त्री नियुक्त गरेकी हुन् ।