कोरोना कहरबीच सडकबाट युवाले राजसस्था मागे


कोरोना कहरबीच सडकबाट युवाले राजसस्था मागे

नेपालगन्ज : बाँकेको कोहलपुरमा गणतन्त्रविरुद्ध प्रर्दशन भएको छ । कोरोना माहामारीकाबीच स्वास्थ्य सम्बन्धि प्रोटोकललाई चुनौती दिदै स्वतन्त्र राष्ट्रवादी अभियान नामक समुहले गणतन्त्रको विरोध गर्दै राज सस्था पुर्नबहालीको माग गरेको हो ।

सयौंको संख्यामा उपस्थित युवाको भीडले कोहलपुरक्षेत्र जाम नै भएको थियो । गणतन्त्र धोका हो भन्दै सडकमा उत्रिएका समुहले संघीयता धर्म निरेपक्षता बिरुद्ध समेत नाराबाजी गरेका थिए ।

शनिबार कोहलपुर चौराहादेखि पिपल चौतारासम्म मोटरसाईकल ¥याली सहित प्रदर्शन गरेका ती युवाहरुले संघीयता खारेजीको माग सहित राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले लोकतान्त्रीक गणतन्त्र नेपालमा नरहेको र २०४७ सालको संबिधानलाई नै लागु गर्नुपर्ने माग समेत राखेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

अभियानका अभियन्ता बिजय काफ्ले, शाही युवा शक्तिको केन्द्रिय सदस्य समेत रहेका अर्जुनजंग शाहले देशमा नितीगतरुमा संघीय लोकतान्त्रीक गणतन्त्र हटि सकेको हुँदा अब जुनसुकै हालतमा राजसस्था पुर्नवहाली हुनुपर्ने तर्क राखेका थिए ।

उनीहरुले वर्तमान राजनीतिक दाउपेच र देशमा भइरहेको अनियमितता, भ्रष्टाचारी तथा सरकार जनताप्रति गैरजिम्मेवार भएको भन्दै नेताहरुले विश्वास गुमाइसकेको दावि गरे ।

उनीहरुले यो अभियान देशभर भएको र तिहार लगत्तै झन ठूलो दवाव स्वरुप बृहत कार्यक्रम गरिने बताए ।

युवाहरुको स्वस्फूर्त ¥याली भनिएको उक्त ¥यालीमा सरकारको धजिया उडाउदै गर्दा बाँके प्रशासन मुखदर्शक मात्र बनेको थियो । कोरोना भाइरस संक्रमणको जोखिमलाई बेप्रवाह गर्दै निकालिएको ¥यालीले बाँके प्रशासन र प्रहरीलाई चुनौती दिएको सम्बद्ध सरोकारवालाले बताएकाछन् ।