नेपालगन्ज : बाँकेको कोहलपुरमा गणतन्त्रविरुद्ध प्रर्दशन भएको छ । कोरोना माहामारीकाबीच स्वास्थ्य सम्बन्धि प्रोटोकललाई चुनौती दिदै स्वतन्त्र राष्ट्रवादी अभियान नामक समुहले गणतन्त्रको विरोध गर्दै राज सस्था पुर्नबहालीको माग गरेको हो ।
सयौंको संख्यामा उपस्थित युवाको भीडले कोहलपुरक्षेत्र जाम नै भएको थियो । गणतन्त्र धोका हो भन्दै सडकमा उत्रिएका समुहले संघीयता धर्म निरेपक्षता बिरुद्ध समेत नाराबाजी गरेका थिए ।
शनिबार कोहलपुर चौराहादेखि पिपल चौतारासम्म मोटरसाईकल ¥याली सहित प्रदर्शन गरेका ती युवाहरुले संघीयता खारेजीको माग सहित राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले लोकतान्त्रीक गणतन्त्र नेपालमा नरहेको र २०४७ सालको संबिधानलाई नै लागु गर्नुपर्ने माग समेत राखेका थिए ।
अभियानका अभियन्ता बिजय काफ्ले, शाही युवा शक्तिको केन्द्रिय सदस्य समेत रहेका अर्जुनजंग शाहले देशमा नितीगतरुमा संघीय लोकतान्त्रीक गणतन्त्र हटि सकेको हुँदा अब जुनसुकै हालतमा राजसस्था पुर्नवहाली हुनुपर्ने तर्क राखेका थिए ।
उनीहरुले वर्तमान राजनीतिक दाउपेच र देशमा भइरहेको अनियमितता, भ्रष्टाचारी तथा सरकार जनताप्रति गैरजिम्मेवार भएको भन्दै नेताहरुले विश्वास गुमाइसकेको दावि गरे ।
उनीहरुले यो अभियान देशभर भएको र तिहार लगत्तै झन ठूलो दवाव स्वरुप बृहत कार्यक्रम गरिने बताए ।
युवाहरुको स्वस्फूर्त ¥याली भनिएको उक्त ¥यालीमा सरकारको धजिया उडाउदै गर्दा बाँके प्रशासन मुखदर्शक मात्र बनेको थियो । कोरोना भाइरस संक्रमणको जोखिमलाई बेप्रवाह गर्दै निकालिएको ¥यालीले बाँके प्रशासन र प्रहरीलाई चुनौती दिएको सम्बद्ध सरोकारवालाले बताएकाछन् ।
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता
टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए