नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु हुन ढिलाइ भएको छ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओली बैठकमा उपस्थित हुन ढिला गरेपछि बैठक बस्न ढिलाई भएको हो ।
पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डसहितका अरु नेताहरु पुगे पनि प्रधानमन्त्री ओली अझै पुगेका छैनन् ।
ओली बैठकमा नपुगेकै कारण बैठक सुरु हुन ढिलाइ भएको बताइएको छ । ओली बैठकको विपक्षमा रहेकाले उनी सहभागी हुनेनहुने केही टुंगो लागेको छैन ।
शनिबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको थियो ।