काँग्रेसले सरकारविरुद्ध गर्न लागेको प्रर्दशनको तयारी अन्तिम चरणमा


काँग्रेसले सरकारविरुद्ध गर्न लागेको प्रर्दशनको तयारी अन्तिम चरणमा

नेपालगन्ज : नेपाली काँग्रेस बाँकेले सरकार बिरुद्ध गर्न लागेको बृहत प्रर्दशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

सरकारको अधिनायकवादी र दमनकारी ब्यवहारबिरुद्ध यही मंसिर २९ गते केन्द्रिय कार्यक्रम अनुसार बाँके लगायत देशभर काँग्रेसले प्रर्दशन गर्न लागेको हो ।

बाँकेमा पनि बृहत प्रर्दशनसहित वर्तमान सरकारको कार्यशैलीको भण्डाफोर गर्ने तयारी भइरहेको नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले जानकारी दिइन । उक्त दिन बिहान ११ बजे नेपाली काँग्रेस बाँकेको कार्यालय सुर्खेतरोडबाट प्रर्दशन शुरु भएर नेपालगन्ज उपमहानगरको विभिन्न भागको परिक्रमा गरिने उनले बताई ।

उक्त प्रर्दशनमा सहभागी जिल्लाका विभिन्न स्थानमा रहेका नेपाली काँग्रेसका कार्यकर्ता, सर्बसाधारण लगायत सबैलाई अपील गरिएको सभापति कोइरालाको भनाई छ ।

Kanti Aarogya Hospital Nepalgunj

‘वर्तमान अधिनायकवादी सरकारले सर्बसाधारण नागरिकलाई अनेक दुःख दिइरहेको छ, यसका बिरुद्ध सबै नागरिक सडकमा उत्रिएर सरकारको भण्डाफोर गर्न जरुरी छ,’ उनले भनिन् ।

प्रर्दशनलाई लक्षित गरेर काँग्रेस बाँकेले जिल्ला कार्यसमिति, पदाधिकारी, तीन वटै क्षेत्रका कार्यसमिति, पदाधिकारी, भातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधी लगायतसँग निरन्तर छलफल गर्दै आएको जनाएको छ ।

तनहुँमा रहेको एक पुल उद्घाटन गर्न जाने क्रममा केहीदिन अघि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरी प्रशासनले बल प्रयोग गरेर नियन्त्रणमा लिई मुक्त गरेपछि नेपाली काँग्रेस आक्रोशित बनेको छ ।