सरकारविरुद्ध काँग्रेसको नेपालगन्जमा प्रदर्शन


सरकारविरुद्ध काँग्रेसको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस लामो समयपछि सडकमा निस्किएको छ ।

महामारीका समयमा खरिद गरिएको स्वास्थ्यसामग्रीमा भ्रष्टाचार हुँदासमेत सामान्य विज्ञप्तिमा सीमित भएको काँग्रेसले अहिले भने त्यही भ्रष्टाचारको मुद्दा लिएर सडकमा ओर्लिएको हो ।

मंसिर १७ गते रामचन्द्र पौडेललाई प्रहरीले दुर्व्यवहार गरेपछि आक्रोशित भएको काँग्रेसले अहिले भने प्रतिपक्ष शैलीमै सरकारका हरेक कमजोरीलाई ‘तारो बनाएर’ सोमबार बाँकेसहित देशभर प्रदर्शन गरेकोछ ।

सोमबार दिउसो नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन नगरका विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय कार्यालय अगाडी पुगेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्लाका ८ वटै पालिकाबाट नेपालगन्ज केन्द्रित भएका नेता कार्यकर्ताहरुले केपी ओली नेतृत्वको सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

काँग्रेस जिल्ला सभापति किरण कोइरालाको नेतृत्वमा गरीएको बिरोध प्रदर्शनमा हजारौं कार्यकर्ता सहभागी भएका थिए ।

‘वर्तमान अधिनायकवादी सरकारले सर्बसाधारण नागरिकलाई अनेक दुःख दिइरहेको छ, यसका बिरुद्ध सबै नागरिक सडकमा उत्रिएर सरकारको भण्डाफोर गर्न जरुरी छ,’ उनले भनिन् ।