अध्यादेश ल्याउनु व्यवस्था असफल भएको प्रमाणित : थापा


अध्यादेश ल्याउनु व्यवस्था असफल भएको प्रमाणित : थापा

File Photo

नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले विवादास्पदरूपमा संबैधानिक परिषद् अध्यादेश ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष थापाले सरकारले संबैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएकोमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै भागवण्डाको आधारमा संबैधानिक अंगका पदाधिकारी नियुक्त गर्ने काम दूर्भाग्यपूर्ण भएको बताएका छन् ।

उनले निहित स्वार्थबश संबैधानिक परिषद् बैठकमा जिम्मेवार पदाधिकारी उपस्थित नहुनु गलत भएको बताउँदै यस्ता घटनाले व्यवस्था असफल भएको प्रमाणित भएको दाबी गरेका छन् ।

ट्विटरमा उनले अगाडी लेख्छन् :

Kanti Aarogya Hospital Nepalgunj

-निहित स्वार्थबश संबैधानिक परिषद् बैठकमा जिम्मेवार पदाधिकारी उपस्थित नहुनु गलत
-भागवण्डाको आधारमा संबैधानिक अंगका पदाधिकारी नियुक्तगर्ने काम दूर्भाग्यपूर्ण
-विवादास्पदरूपमा संबैधानिक परिषद अध्यादेश ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण
-उपरोक्त कार्यबाट व्यवस्था असफल भएको प्रमाणित