File Photo
नेपालगन्ज : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगन थापाले विद्यादेवी भण्डारी, केपी शर्मा ओलीको ग्याङको सदस्य रहेको बताएका छन् । बानेश्वरमा आयोजित विरोधसभामा बोल्दै सांसद थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाउदै यस्तो आरोप लगाएका हुन् ।
उनले भने, ‘संसदबाट निर्वाचित राष्ट्रपति संसदकै अपराधमा उत्रिन्छिन् भने उनी राष्ट्रपति होइन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गर्नुभयो । विद्यादेवी भण्डारी, तपाईं आजदेखि मेरो राष्ट्रपति होइन । केपी शर्मा ओलीको ग्याङको सदस्य मात्रै हो ।’
प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेर अपराध गरेकाले गल्तीलाई सच्याउनुको सट्टा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिस अनुमोदन गरिदिएर अपराधको साक्षी बसेको थापाले बताए ।
थापाले ओली प्रधानमन्त्री भएको दिनदेखि जनता चैनमा सुत्नसमेत नसकेको बताए ।
पार्टीभित्रको झगडा र ओलीभित्रको अलंकारले सिंगो व्यवस्थामाथि प्रश्न उठेको उनले बताउदै उनले कोरोना महामारीका बेला जनअपेक्षाअनुसार काम गर्ने बेला प्रधानमन्त्रीले संसद विघटन गर्नु असक्षम व्यक्तिलाई हामीले प्रधानमन्त्री पायौं त्यसकै दुर्भाग्य आजको परिस्थिति सिर्जना भएको छ,’ उनले भने ।