नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गरिने भएकोछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो ।
यो प्रस्ताव पुष ७ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ । बैठकले यो प्रस्ताव स्वीकृत गरेसंगै प्रधानमन्त्री ओली कारबाहीको भागेदार हुनेछन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद समेत व्यक्त गरेको छ ।
पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै स्थायी कमिटी बैठकले अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।
यस्तै सोमबार दिउँसो १ बजे नेकपा संसदीय दलको बैठक नयाँ बानेश्वरमा बोलाउने निर्णय भएको छ । संसदीय दलको बैठक सकिएलगत्तै सोमबार नै दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनि बस्ने बुझिएको छ ।
‘सुरुङभित्र अझै सम्भावित जीवनहरू छन्’
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा