File Photo
नेपालगन्ज : संसद् विघटनविरुद्ध विद्यार्थी संगठनहरुले संयुक्त आन्दोलनको तयारी थालेका छन् ।
सरकारको निर्णयविरुद्ध आन्दोलन तय गर्न अनेरास्ववियुसहित १३ विद्यार्थी संगठनको बैठक शुरु भएको छ ।
लैनचौरमा जारी बैठकमा नेवि संघ, अखिल क्रान्तिकारीलगायतका १३ विद्यार्थी संगठनका नेता सहभागी छन् ।
बैठकले संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने अनेरास्ववियुका संयोजक रञ्जित तामाङले जानकारी दिए ।