प्रधानमन्त्री ओली प्यानलको बैठक जारी : ११९९ सदस्यीय नेकपा महाधिवेशन आयोजक समिति घोषणा


प्रधानमन्त्री ओली प्यानलको बैठक जारी : ११९९ सदस्यीय नेकपा महाधिवेशन आयोजक समिति घोषणा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय समितिको बैठक वालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक शुरु भएको हो ।

बैठकमा अध्यक्ष ओलीले संसद विघटनको औचित्य र भावी रणनीतिबारे प्रष्ट्याइ रहेकाछन् । प्रचण्ड–माधव समूहले आजै (मङ्गलबार)दिउँसो आफ्ना पक्षका नेताहरूलाई डाकेर केन्द्रीय कमिटी बैठक बोलाएपछि ओलीले त्यसअघि नै बैठक राखेका हुन् ।

बिहान ९ बजेका लागि भनिएको बैठक झण्डै २ घण्टा ढिलो गरी सुरु भएको हो ।

यसैबीच, प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले ११९९ सदस्य रहने गरी महाधिवेशन आयोजक समितिको घोषणा गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

साबिकको ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ सदस्य थपेर १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका हुन् ।

उनले महाधिवेशनसम्मममा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई जानकारी गराएका छन् ।