ओलीलाई हटाएर माधव नेपाल अध्यक्ष, प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक जारी
काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरको स्थायी कमिटी बैठक शुरु भएको छ ।
बबरमहलस्थित कार्की व्यांक्वेटमा जारी बैठकको अध्यक्षता प्रचण्डले गरेका छन् ।
बैठकको पहिलो एजेण्डामा छलफल हुदाँ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटीले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री समेत रहेका ओलीलाई कारबाही गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।
यसअघि नेकपा ओली समूहले आफूहरु नै वैधानिक भएको दाबी गर्दै पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरिसकेकोछ ।
नेकपा ओली समूहको बैठकले प्रचण्ड–माधव नेपाल समूहको बैठक आधिकारिक नहुने दावि समेत गरेकोछ ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै