नेपालगन्ज : फुटको संघारमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा नेताहरूले आफ्नो कित्ताकाट थालेका छन् । यसअघि एउटा समूहमा रहेका केही नेताहरू अर्को समूहमा पुगेका छन् ।
विभाजनको असर यतिसम्म परेको छ कि पति–पत्नी नै फरक–फरक खेमामा पुगेका छन् ।
रघुवीर महासेठ र जुली महतो दम्पती दुबै प्रतिनिधि सभामा नेकपाका सांसद हुन् । महासेठ २०७४ सालको निर्वाचनमा धनुषा–४ बाट निर्वाचित भएका थिए भने महतो समानुपातिक सांसद हुन् । स्थायी समिति सदस्यसमेत रहेका महासेठ लामो समयदेखि केपी शर्मा ओली समूहमा थिए । ओलीले उनलाई भौतिक पूर्वाधार मन्त्रीसमेत बनाएका थिए । पछि उनलाई हटाइएको थियो ।
अहिले महासेठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समूहमा पुगेका छन् भने महतो ओली समूहका भेलामा सहभागी भएकी छन् ।
महासेठ मंगलबार दिउँसो बबरमहलमा भएको प्रचण्ड–नेपाल पक्षीय स्थायी कमिटीको बैठकमा सहभागी भएका थिए ।
महतो बालुवाटार प्रधानमन्त्री ओलीले डाकेको केन्द्रीय कमिटी बैठकमा पुगेकी थिइन् । उनी सोमबार बालुवाटारमा भएको ओली पक्षीय सांसदहरूको भेलामा पनि गएकी थिइन् ।
स्रोतका अनुसार महासेठले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताउँदै आएका छन् । उनी संसद पुनर्स्थापना हुनुपर्ने पक्षमा छन् ।
‘सरकारबाट हटाएपछि ओलीसँग उहाँका केही असन्तुष्टि पनि होलान्,’ स्रोतले भन्यो । -सेतोपाटीबाट
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै