काठमाडौं : नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाइएकोछ । कार्की बैंक्वट बबरमहलमा बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
३१५ जना केन्द्रीय कमिटीका सदस्यले ओलीलाई हटाउने निर्णय सर्वसम्मतरुपमा पास गरेको थियो ।
योसंगै नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन भएका छन् । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।
वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।
ओलीले निरन्तर पार्टीका कार्यक्रम, नीति, सिद्धान्त, जनताका अपेक्षाको अवज्ञा गर्दै आएको पारित प्रस्तावमा उल्लेख छ ।
गौशालास्थित एक होटलमा भेला गर्दै ओलीले पार्टी दर्ताको लागि निर्देशन दिएको आरोप छ । आफू नजिकीलाई अघि सारेर कथित नेकपा एमाले दर्ता गराएको पनि पारित प्रस्तावमा उल्लेख छ ।