नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले थप कदम चाल्न सक्ने भन्दै सचेत बन्न नेपाली काँग्रेसका नेताहरुले आग्रह गरेकाछन् । प्रधानमन्त्री ओेलीको संसद विघटनको कदमविरुद्ध आन्दोलनमा जानुपर्नेमा जोड दिदैं नेताहरुले यस्तो बताएका हुन् ।
संसद विघटनविरुद्ध पार्टी कार्यालय सानेपामा बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक यतिबेला सकिएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओेलीको असंवैधानिक कदमसँग कुनै तहको सम्झौता गर्न नहुनेमा जोड दिए ।
यस्तै अन्य नेताहरुले भने चौतर्फी घेराबन्दी हुँदा ओलीले थप असंवैधानिक कदम चाल्न सक्ने भन्दै पार्टी सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
काँग्रेसले अर्काे बैठक बुधबार दिउँसो १ बजेलाई बोलाएको छ । मंगलबार पार्टी कार्यालस सानेपामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, एनपी साउद र नारायण खड्काले आफ्नो धारणा राखेका थिए ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै