संसद् विघटन बदरको माग गर्दै दायर रिटमा शुक्रबार सुनुवाई हुने


संसद् विघटन बदरको माग गर्दै दायर रिटमा शुक्रबार सुनुवाई हुने

काठमाडौं : संसद् विघटनविरुद्धको रिट संवैधानिक ईजलास पठाइने भएको छ ।

प्रधानन्यााधीश चोलेन्द्रशमशेर राणाको एकल ईजलासले संवैधानिक ईजलासमा पठाउने भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

पर्सी शुक्रबार संवैधानिक ईजलासमा यो मुद्दामा सुनुवाइ हुनेछ । संसद् विघटन असंवैधानिक भन्दै बहस गरेर कानून व्यवसायीले भने बृहत् ईजलासमा सो मुद्दामा सुनुवाइको माग गरेका थिए ।

आईतबार संसद् विघटन गरेपछि सर्वोच्च अदालतमा दर्जन बढी रिट दायर भएका छन् । नेकपाकै सांसद्हरूले दायर गरेका रिटसहित कानून व्यवसायीले दायर गरेका रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाइएको छ ।