प्रतिनिधि सभा पुनर्स्थापना गरेर सरकार बनाउँछौं : प्रचण्ड


प्रतिनिधि सभा पुनर्स्थापना गरेर सरकार बनाउँछौं : प्रचण्ड

File Photo

नेपालगन्ज : विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने पुष्पकमल दहाल ‘प्रचण्ड’ले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि अध्यक्ष दाहालले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने बताएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बानेश्वरमा बुधबार दिउँसो बसेको उक्त समूहको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको थियो । सर्वसम्मत रूपमा दलको नेता चुनिएपछि प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा ११७ जना सांसद उपस्थित थिए । सांसद वेदुराम भुसालका अनुसार राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९३ जना सांसद आजको बैठकमा सहभागी थिए । नेकपाका प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा मनोनितबाहेक ४७ जना सांसद छन् ।