सरकारविरुद्ध काँग्रेसद्वारा पुनः आन्दोलनको घोषणा


सरकारविरुद्ध काँग्रेसद्वारा पुनः आन्दोलनको घोषणा

File Photo

नेपालगन्ज : नेपाली काँग्रेसले पुस १६ गते सरकारबिरुद्ध प्रदर्शन गर्ने भएको छ । मेलमिलापको नीति लिएर काँग्रेस संस्थापक नेता बीपी कोइराला भारतबाट फर्किएको दिनको अवसर पारेर काँग्रेसले संसद् विघटनको विरोध स्वरुप सांकेतिक प्रदर्शन गर्ने निर्णय गरेको हो ।

चुनाव अथवा आन्दोलनमा जानेबारे काँग्रेसमा फरकफरक धारणा रहेको भन्ने समाचार आए पनि त्यस्तो नरहेको भन्दै काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले भने, ‘काँग्रेसभित्र आन्दोलनमा जाने र चुनावमा जानुपर्छ भन्ने दुई धार रहेको भन्ने समाचार सञ्चारमाध्यममा आयो । तर त्यो सही होइन, काँग्रेस आन्दोलनमा जाने वा चुनावमा जाने एउटै धारणा बनाएर अगाडि बढ्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु केन्द्रीय कार्य समिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा नेताहरु रामशरण महत, गगन थापा, आनन्द प्रसाद ढुङ्गाना र बलबहादुर केसीले आफ्नो धारणा राखेका छन् ।