File Photo
नेपालगन्ज : नेपाली काँग्रेसले पुस १६ गते सरकारबिरुद्ध प्रदर्शन गर्ने भएको छ । मेलमिलापको नीति लिएर काँग्रेस संस्थापक नेता बीपी कोइराला भारतबाट फर्किएको दिनको अवसर पारेर काँग्रेसले संसद् विघटनको विरोध स्वरुप सांकेतिक प्रदर्शन गर्ने निर्णय गरेको हो ।
चुनाव अथवा आन्दोलनमा जानेबारे काँग्रेसमा फरकफरक धारणा रहेको भन्ने समाचार आए पनि त्यस्तो नरहेको भन्दै काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले भने, ‘काँग्रेसभित्र आन्दोलनमा जाने र चुनावमा जानुपर्छ भन्ने दुई धार रहेको भन्ने समाचार सञ्चारमाध्यममा आयो । तर त्यो सही होइन, काँग्रेस आन्दोलनमा जाने वा चुनावमा जाने एउटै धारणा बनाएर अगाडि बढ्छ ।’
पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु केन्द्रीय कार्य समिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा नेताहरु रामशरण महत, गगन थापा, आनन्द प्रसाद ढुङ्गाना र बलबहादुर केसीले आफ्नो धारणा राखेका छन् ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै