प्रधानन्यायाधीश चोलेन्द्रशमशेरद्वारा रोष्टर परिवर्तन

संसद विघटन विरुद्ध चलखेल हुनसक्छ : कानूनविद्


प्रधानन्यायाधीश चोलेन्द्रशमशेरद्वारा रोष्टर परिवर्तन

काठमाडौं : प्रतिनिधि सभा विघटनविरूद्ध परेका १३ रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले आज पूर्ण ईजलासमा पेशी तोकेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय न्यायाधीशहरूको पूर्ण ईजलास तोकेका हुन् ।

तर, रिट उपर आज हुने संवैधानिक ईजलाश अघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले रोष्टर परिवर्तन गरेका छन् । ५ जनाको ईजलासमा वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र मिरा खड्कालाई हटाएर न्यायाधीशहरु अनिलकुमार सिन्हा र तेजबहादुर केसी, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठलाई राखेका हुन् ।

कार्की महान्यायाधिवक्ता अग्नि खरेलको ल फर्मका पार्टनर हुन् भने केसी राणाका यसम्यान । यसो गर्दा ईजलासमा राणाको बहुमत बन्ने निश्चत भएको छ । गत बुधवार प्रधान न्यायाधीश राणाको एकल बेन्चले संसद विघटनको कदममा ‘संवैधानिक प्रश्न’ उठाउँदै दर्ता गरिएका दर्जन रिट संवैधानिक ईजलाशमा पठाउने निर्णय गरेका थिए ।

संवैधानिक ईजलाशमा प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीश हुन्छन् । संवैधानिक ईजलाशका तीनजना न्यायाधीशको बहुमतले मुद्दा फैसला गर्ने कानूनी प्रावधान छ । सो फैसला उपर पुनरावलोकन हुँदैन । अर्थात आज हुने संवैधानिक ईजलाशमा यदि संसद विघटन बदर भएन भने संसद पुर्नस्थापना हुनेछैन ।

Kids Festival 2022
kanti aarogya hospital

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत संसद विघटन गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको थिए । ती रिटको प्रारम्भिक सुनुवाइ बुधबार नै भएको थियो । प्रधानन्यायाधीश राणाले ती रिटको सुनुवाइ गर्दै सबै रिटलाई संवैधानिक ईजलासमा पठाइदिएका थिए ।

संवैधानिक ईजलाशले संसद विघटनबारे अन्तरिम आदेश दिनसक्ने कानूनविद्हरुले बताइरहेका बेला रोष्टर नै परिवर्तन गरेपछि यसबारे चलखेल हुनसक्ने कानूनविद्हरुले बताएका छन् ।