संसद विघटनविरुद्ध प्रदर्शन गर्न तरुण दलको निर्देशन


संसद विघटनविरुद्ध प्रदर्शन गर्न तरुण दलको निर्देशन

File Photo

काठमाडौं : संसद विघटनविरुद्ध कडा प्रदर्शन गर्न नेपाल तरुण दलले आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएकोछ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई आन्दोलनमा परिचालन निर्देशन दिएका हुन् ।

‘नेपाल कम्युनिष्ट पार्टीको केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा नेपाली काँग्रेस पार्टीले यही २०७७ साल पुष १३ गते सोमबार १६५ संघीय निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्यसमितिको आयोजनामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको जानकारी गराउँदै उक्त विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन त्यस जिल्ला समितिले पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई व्यापक परिचालन गर्न÷गराउन निर्देशन गरिन्छ,’ अध्यक्ष बस्नेतले भनेका छन् ।

यस्तै पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भएकाले पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न जिल्ला समितिहरुलाई समेत उनले निर्देशन दिएका छन् ।

पार्टीसँग कार्यक्रम नजुध्ने गरी विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रम गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन समेत अध्यक्ष बस्नेतले आग्रह गरेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

संसद विघटनविरुद्ध नेपाली काँग्रेसले पुस १३ गते देशभर प्रदर्शन गर्दैछ । यस्तै प्रचण्ड–नेपाल समुहको नेकपाले पुष १४ गते देशब्यापी प्रदर्शन गर्दैछ । सोही विरोध कार्यक्रम अन्तर्गत आज प्रचण्ड–नेपाल समुहले माइतीघरमा प्रदर्शन समेत गरेकोछ ।