जनअभिमतका नाममा संविधान विरोधी कार्य: थापा


जनअभिमतका नाममा संविधान विरोधी कार्य: थापा

नेपालगन्ज: राप्रपाका अध्यक्ष कमल थापाले सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतीमा अस्पष्ट भाषको प्रयोग भएको बताएका छन् ।

मेची–महाकाली स्वाभिमान यात्रा अन्तर्गत आईतबार बाँकेको नेपालगन्जमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने–‘सहमतिमा अस्पष्ट, द्विअर्थी लाग्ने र बिवादास्पद शब्द उल्लेख गरिएको छ । उनले भने–सहमतिको मसी सुक्न नपाउँदै सिके राउतबाट अभिब्यक्त भएका धारणाले आशंका बढाएको टिप्पणी गरे ।

अध्यक्ष थापाले स्वतन्त्र मधेसको एजेण्डाबारे सरकार र गृहमन्त्रीले भनेझै स्वतन्त्र मधेसको मुद्दाबारे निर्वाचनमा एजेण्डा राख्न दिने हो भने त्यो झनै राष्ट्रघाती भएको उद्घोष गरे । जनअभिमतको नाममा राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई निर्वाचनको एजेण्डा राख्न नसकिने भन्दै उनले सरकारले गरेको कार्य संविधान विपरित भएको दावी गरे ।

राप्रपाले सुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा देश दौडाहका क्रममा आइतबार नेपालगन्ज पुगेको छ । नेपालगन्जको त्रिभुवनचोकमा आईतबार दिउँसो २ बजे बृहत सभा सम्पन्न गरिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलको अध्यक्षता भएको सो आम सभामा राप्रपाका बरिष्ठ नेता दीपक बोहरा, बुद्धिमान तामाङ, आमसभामा राप्रपाका नेता तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलधम्शेर राणा, पुर्बमन्त्री प्रेमबहादुर भण्डारी, नेता सलाउद्धिन जसगढ लगायतले सरकारका गतिविधिमाथि टिप्पणी गरेका थिए ।

राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले सञ्चालन गरेको सो सभामा राप्रपाका नेतृ विन्दु चर्ती मगरले स्वागत मन्तब्य राखेकि थिइन ।