प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार, यस्तो छ नयाँ मन्त्रीको सूची


प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तार, यस्तो छ नयाँ मन्त्रीको सूची

नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुका मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन् । प्रधानमन्त्रीले संसद विघटन गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा शुक्रबार साँझ राष्ट्रपतिबाट शपथ लिएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का असन्तुष्ट समूह पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका मन्त्रीहरूले राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले शुक्रबार नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

८ जना थपिएका मन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, दावा लामा, जुली कुमारी महतो, प्रेम आले र गणेश ठगुन्ना हुन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री नियुक्त भएकी छन् ।

यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानुन र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् ।