नेपालगन्ज : संसद विघटनविरुद्ध नेपाली काँग्रेसले सोमबार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोधमा प्रदर्शन गर्ने भएको छ ।
पूर्व प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै सोमबार हुने उक्त प्रदर्शनमा सहभागी हुन अपील समेत गरेका छन् ।
संसद विघटनको असंवैधानिक कदमविरूद्ध एक सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूसँगको बसेको बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु,’ विज्ञप्तिमा भनिएको छ, ‘संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरूद्ध नेपाली काँग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ ।’
सभापति देउवाका अनुसार सोमबार हुने प्रदर्शन उनी आफैंले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गरेका थिए ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै