नेपाली काँग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिदैं


नेपाली काँग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिदैं

नेपालगन्ज : संसद विघटनविरुद्ध नेपाली काँग्रेसले सोमबार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोधमा प्रदर्शन गर्ने भएको छ ।

पूर्व प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै सोमबार हुने उक्त प्रदर्शनमा सहभागी हुन अपील समेत गरेका छन् ।

संसद विघटनको असंवैधानिक कदमविरूद्ध एक सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूसँगको बसेको बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु,’ विज्ञप्तिमा भनिएको छ, ‘संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरूद्ध नेपाली काँग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ ।’

Kids Festival 2022
kanti aarogya hospital

सभापति देउवाका अनुसार सोमबार हुने प्रदर्शन उनी आफैंले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गरेका थिए ।