सरकारको कदमविरुद्ध काँग्रेसको प्रर्दशन तयारी, नेपालगन्जमा गगन थापाले सम्बोधन गर्ने


सरकारको कदमविरुद्ध काँग्रेसको प्रर्दशन तयारी, नेपालगन्जमा गगन थापाले सम्बोधन गर्ने

नेपालगन्जः प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधी सभा विघटनको विरोधमा नेपाली काँग्रेसले बाँके लगायत देशभर प्रर्दशनको तयारी तिब्र पारेको छ । काँग्रेसको केन्द्रिय कार्यक्रम अनुसार यही पुस १३ गते नेकपा सरकारको असम्बैधानिक कदमविरुद्ध बाँके लगायत देशभर प्रर्दशन हुदैछ ।

कााग्रेसले ७७ वटै जिल्लाका प्रतिनिधी सभा निर्वाचन क्षेत्रमा प्रर्दशन गर्न लागेको हो । सोही कार्यक्रम अन्तर्गत नेपाली काँग्रेसले बाँकेमा पनि सरकारविरुद्ध प्रर्दशनको तयारी तिब्र पारेको छ ।

बाँकेमा हुन लागेको प्रर्दशनमा काँग्रेसका प्रभावशाली युवा नेता एवम् पुर्वमन्त्री गगन थापा लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको नेपाली कााग्रेस बाँकेका सभापति किरण कोइरालाले जानकारी दिइन् ।

उक्त कार्यक्रममा अनिवार्य सहभागी भएर सरकारको भण्डाफोर गर्न काँग्रेस कार्यकर्ता तथा सर्बसाधारणलाई उनले अपील गरेकीछन् । यही पुस १३ गते सोमबार दिउँसो १ बजे नेपालगन्जको त्रिभुवन चोकमा नेता थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।

Kids Festival 2022
kanti aarogya hospital

उक्त कार्यक्रमलाई सफल पार्न नेपाली काँग्रेस क्षेत्र नम्बर २ ले शनिबार पार्टी कार्यालयमा बृहत छलफल गरेको छ । क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले पुस १३ गते दिउँसो त्रिभुवन चोकमा पुगेर सरकारी कदमको विरोधमा उत्रन सम्पुर्ण नेता, कार्यकर्तालाई आग्रह गरे ।

प्रर्दशन कार्यक्रमको तयारीका लागि क्षेत्र नम्बर २ क्षेत्रीय समितिले एक तयारी समिति गठन गरेको क्षेत्रीय सचिव सुनिलसिंह हमालले जानकारी दिए । उक्त कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न क्षेत्रीय सभापति रमेश गुप्ताको संयोजकत्वमा आर्थिक समिति, नेपाली काँग्रेस नेपालगन्ज उपमहानगर सभापति प्रशान्त विष्टको संयोजकत्वमा अतिथी सत्कार, तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र शाहको संयोजकत्वमा मञ्च ब्यवस्थापन र नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको संयोजकत्वमा प्रचार–प्रसार समिति निर्माण गरिएको छ ।

क्षेत्रीय सभापति गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, उपसभापति सुनिल नरसिंह राणा, प्रदेश सांसदद्वय सुरेन्द्र हमाल र मोहम्मद याकुव अन्सारी, कांग्रेस नेताहरु राजकुमार बर्मा, डाक्टर सुरेशकुमार कनोडिया, पुर्वसांसदहरु, कांग्रेसका जिल्ला कार्यसमिति पुर्व पदाधिकारी, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, डुडुवा गाउँपालिकाका उपप्रमुख साहिदा बानो, काँग्रेस जिल्ला र क्षेत्रीय कार्यसमिति सदस्य, वडाअध्यक्षहरु, वडा सदस्य, विभिन्न भातृ तथा शुभेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

छलफलमा बोल्ने अधिकांसले वर्तमान सरकारले चालेको कदमको भण्डाफोर गर्नुपर्ने, अदालतको निर्णय पर्खिदै जनतामाझ जानुपर्ने सुझाव दिएका थिए । पार्टी निर्वाचनमा जानुपर्ने स्थिती आएमा नेकपासँग कुनैपनि हालतमा चुनावी एकता गर्न नहुने अधिकांस नेता, कार्यकर्ताको सुझाव छ ।