गुप्तचरको उच्च निगरानीमा ‘प्रचण्ड, नेपाल र खनाल’


गुप्तचरको उच्च निगरानीमा ‘प्रचण्ड, नेपाल र खनाल’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालविरुद्ध गुप्तचरले उच्च निगरानी शुरु गरेको छ । नेकपा विभाजनपछि प्रधानमन्त्रीकै निर्देशनमा गुप्चरले उनीहरुका गतिविधिविरुद्ध निगरानी शुरु गरिएको हो ।

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्नुअघि नै आफूविरुद्ध बोल्ने सबै नेताहरुका क्रियाकलाप, उनीहरुले गर्ने भेटघाटलगायत गतिविधिविरुद्ध उच्च निगरानी राख्न निर्देशन दिएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

संसद् विघटनको विषय अदालतमा प्रवेश गरेको छ । दुवै समूहले देशभर कार्यकर्ता भेलालगायत गतिविधिअगाडि बढाएका छन् । यस्तोबेला ओली र प्रचण्ड–माधव समूह एक–अर्काप्रति आक्रामक बन्दै आएका छन् । संसद् विघटनबारे अदालतको फैसलापछि दुवै समूह एक–अर्काप्रति थप आक्रामक बन्ने सम्भावना देखिएको छ ।

गुप्तचरको नामले चिनिने राष्ट्रिय अनुसन्धान विभागले विगतमा समेत उच्च नेताका निवास वरपर निगरानी गर्दै आएको र विभाजनपछि उनीहरुले गर्दै आएका भेटघाटका सूचना संकलन गर्न अझै सक्रियता बढाइएको हो । प्रचण्ड, नेपाल र खनाल तीनैजना पूर्वप्रधानमन्त्रीसमेत हुन् ।