संसद विघटन विरुद्ध आज काँग्रेसको देशभर प्रदर्शन

नेपालगन्जमा गगन थापाले सम्बोधन गर्ने


संसद विघटन विरुद्ध आज काँग्रेसको देशभर प्रदर्शन

File Photo

नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधी सभा विघटनको विरोधमा नेपाली काँग्रेसले आज बाँके लगायत देशभर प्रर्दशन गर्दैछ । काँग्रेसको केन्द्रिय कार्यक्रम अनुसार आज नेकपा सरकारको असंवैधानिक कदमविरुद्ध बाँके लगायत देशभर प्रर्दशन हुदैछ ।

पूर्व निर्धारित विरोध कार्यक्रम अन्र्तगत काँग्रेसले ७७ वटै जिल्लाका प्रतिनिधी सभा निर्वाचन क्षेत्रमा प्रर्दशन गर्नेछ । सोही कार्यक्रम अन्तर्गत नेपाली काँग्रेस बाँकेले सरकारविरुद्ध आज नेपालगन्जमा प्रर्दशन गर्न लागेको हो ।

संसद विघटन विरुद्ध हुने प्रर्दशनमा काँग्रेसका प्रभावशाली युवा नेता एवम् पुर्वमन्त्री गगन थापा लगायतका नेताले सम्बोधन गर्नेछन् । नेपाली काँग्रेस बाँकेका जिल्ला सदस्य एवंम युवा नेता शुदाम्सु कोइरालाका अनुसार काँग्रेस युवा नेता थापा नेपालगन्ज आइसकेकाछन् ।

नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले उक्त कार्यक्रममा अनिवार्य सहभागी भएर सरकारको भण्डाफोर गर्न काँग्रेस कार्यकर्ता तथा सर्बसाधारणलाई उनले अपील गरेकीछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

आज सोमबार दिउँसो १ बजे नेपालगन्जको त्रिभुवन चोकमा नेता थापाले सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रमलाई सफल पार्न नेपाली काँग्रेस क्षेत्र नम्बर २ ले शनिबार पार्टी कार्यालयमा बृहत छलफल समेत गरिसकेकोछ ।