नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै देशैभर प्रदर्शन गर्न लागिएको सो पार्टीका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसैक्रममा काठमाडौँ उपत्यकामा विभिन्न ८ स्थानबाट र्याली निकालिने तयारी भएको छ । नक्साल, बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथलीलगायतका ठाउँबाट निकालिने र्याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । आजको प्रदर्शनमा उपत्यकामा मात्रै एक लाख मानिस उतार्ने नेकपा नेताहरुले दाबी गरेका छन् ।
भृकुटीमण्डपमा हुने सभामा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने बताइएको छ ।
यसअघि नेपाली काँग्रेसले पुस १३(हिजो) बाँकेसहित देशभर विरोध प्रदर्शन गरेकोछ । काँग्रेसले विरोध प्रदर्शन गरेकै भोलीपल्ट अर्थात आज प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी आन्दोलन गर्न लागेको हो ।
गत बिहीबार बसेको प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको तेस्रो बैठकले प्रवक्ता नाराणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय आन्दोलन परिचालन समिति समेत बनाएको छ ।
यो समूहले शुक्रबारदेखि नै आन्दोलन थालेपनि आज देशव्यापी रूपमा प्रदर्शन गर्दैछ । यसपछि नेकपा प्रचण्ड–नेपाल समुहले दोस्रो चरणमा सशक्त आन्दोलन गर्ने जनाएकोछ ।
यसबीच, राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूको नेतृत्वमा सोमबार बेलुका कोहलपुरमा मशाल जुलुस निकालिएको थियो । संसद विघटनपछि देशब्यापी आन्दोलनको पुर्वसन्ध्यामा कोहलपुरमा मशाल जुलुस निकालिएको हो ।
कोहलपुरस्थित सहिद स्मृती भवनदेखी सुरु भएको मशाल जुलुस न्यूरोड चोकमा पुगि समापन भएको थियो । त्यसक्रममा सहभागीहरुले प्रधानमन्त्री बिरुद्ध चर्को नाराबाजी गरेका थिए ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै