नेपालगन्ज : निर्वाचन आयोगले आगामी माघ १५ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने भएकोछ । आयोगले आउँदो माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने जनाएको छ ।
सरकारले पुस ५ गते संसद् विघटन गरी आगामी वर्षको वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने घोषणा गरेको थियो ।
सोही निर्वाचनलाई लक्षित गर्दै आयोगले आगामी माघ १५ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्न लागेको हो ।
यसअघि निर्वाचन घोषणा भएसँगै पुस ६ गतेदेखि मतदाता नामावली दर्ता कार्य स्थगन गरिएको छ । पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भएकाहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
‘सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिने, मुत्यु भएका वा बसाइ सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिने तथा झुटा विवरण दिई कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरुद्धमा उजुरी दिनका लागि सम्पूर्ण मतदातामा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ,’’ आयोगको विज्ञप्तिमा भनिएको छ ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै