नेपालगन्ज: आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी हुन् ।
उनले आफ्नो ट्वीटमा लेखेकी छिन्:-
प्रिय भारतवासी,
कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ।
चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।
नेपालका चौकीदार चोर हुँदैनन् ।
उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ । भारतीय का“ग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१३ मा आम आदमी पार्टीमा आबद्ध भएकी थिइन् । दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।

आम आद्मी पार्टीकी सांसद अल्काले नेपालको स्वाभिमानमा आँच आउने अभिब्यक्ति दिँदा सम्म नेपालको परराष्ट्र नीति मौन बसिरहेकोछ । यो विषयमा न त राज्यले नै कुनै औपचारिक टिप्पणी गर्न सकेको छ न त परराष्ट्र नितीनै बोलेकोछ ।
यसरी छिमेकी देशले नेपाललाई होच्याएर दिएको अभिब्यक्तिले यतिवेला सामाजिक सञ्जालमा चर्चा बटुलिरहेकोछ । सासद अल्काको चौतर्फी आलोचना भइरहेकोछ । तर केपी ओली नेतृत्व सरकारलाई भने यो विषयले छुन सकेको छैन ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा