कैलाली : सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइँदै गरेका सामग्री बरामद गरेको छ । भन्सार कार्यालयको गस्ती टोलीले आज बिहान रु ६ लाख २५ हजार ७० मूल्य बराबरका कपडा र सौन्दर्य प्रसाधनका सामान तथा रु नौ लाख मूल्य बराबरको पिकअप भ्यान बरामद गरेको हो ।
भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजीकैबाट लुकाइछिपाई ल्याइँदै गरेको अवस्थामा से १ प २१४८ नम्बरको महेन्द्रा बोलेरो पिकअप भ्यान, ११ गाँठ कपडा र सौन्दर्य प्रसाधनका सामान बरामद गर्नाका साथै दुई व्यक्तिलाई पक्राउ गरेको हो ।
भन्सार कार्यालयका प्रमुख विमल शाहले सामान बरामदपछि अनुसन्धान जारी रहेको बताए । ‘बरामद भएका सामान अनुसन्धानपछि लिलाम गरिने छ’, शाहले भने, ‘भन्सार छली ल्याउनेलाई बिगोबमोजिमको जरिवाना र सजायसमेत हुन सक्ने व्यवस्था छ ।’ -रासस
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा पल्टियाे, ६ जनाको मृत्यु
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति