काठमाण्डौं: नेपाल विद्यार्थी संघले सरकार र सिके राउतबीच भएको सम्झौताविरुद्ध प्रर्दशन गरेकोछ । प्रमुख प्रतिपक्षी दल नेपाली का“ग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौताविरुद्ध आज काठमाडौंमा प्रदर्शन गरेको हो ।
‘हिमाल, पहाड, तराइ कोही छैन पराइ’ लेखिएको ब्यानर बोकेर नेविसंघले प्रदर्शन गरेको हो । मंगलबार विद्यार्थीहरूले त्रिचन्द्र क्याम्पसबाट प्रदर्शनीमार्ग, पुतलीसडक, कमलादीहुँदै घण्टाघरसम्म प्रदर्शन गरेका छन् ।
प्रदर्शनपछिको कोणसभामा नेविसंघका निवर्तमान महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेम जोशीले जनअभिमतका नाममा राष्ट्रिय अखण्डतामा धावा बोल्ने काम भएकोमा विरोध गरेको बताए ।
राष्ट्रिय अखण्डतामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र विखण्डनकारी सिके राउत लागेको भन्दै नेविसंघले विरोध गरेको थापाले बताए । साथै नेविसंघ रत्नराज्य क्याम्पस इकाईले सरकार र राउतबीच भएको सम्झौताको विरोधमा सडकमा टायर बालेर प्रदर्शन गरेको छ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा