नेपालगन्ज : प्रचण्ड–नेपाल पक्षले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाएको छ ।
पार्टी केन्द्रको निर्देशन अनुसार प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमको विरोधमा विरोधपत्र पठाइएको नेकपा बाँकेका अध्यक्ष एवंम लुम्बिनी प्रदेश सांसद आइपी खरेलले जानकारी दिए ।
गत पुस ५ गते संसद विघटनको घोषणा गरेर प्रतिगमन लाद्न खोजेकोमा उक्त कदम सच्याएर संसद पुनर्स्थापित गर्न प्रधानमन्त्री ओलीसँग माग गरिएको छ ।
प्रधानमन्त्री ओलीले संविधानको ठाडो उल्लघंन गरी असंबैधानीक, अलोकतान्त्रीक एवं स्वेच्छाचारी ढंगवाट प्रतिनीधिसभाको विघटन गरी प्रतिगामी कदम चालेपछि त्यसप्रति घोर आपत्ती प्रकट गर्दै यतिबेला नेकपामा आन्दोलनरत रहेकोछ ।
विरोध पत्र बुझाउन नेकपाका केन्द्रीय सदस्य तथा संघीय सांसद महेश्वर गहतराज अथक, नेकपा लुम्बिनी प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपाने, सचिव अशोक कोईराला लगाएतका नेता तथा कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
उनीहरुले प्रधानमन्त्री ओलीको कदमका विरुद्ध जिल्ला प्रशासन कार्यालयको मुलगेटमा केहीबेर नाराजुलुस समेत प्रदर्शन गरेका थिए । नेपालगन्जको वीपी चोकबाट प्रधानमन्त्री ओलीको कदम विरुद्ध निकालिएको प्रदर्शनमा बयलगाडा लिएर विरोध पत्र सिडिओलाई बुझाइएको थियो ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै