File Photo
नेपालगन्ज : प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिक्षी नेपाली काँग्रेसले आज देशव्यापी विरोध कार्यक्रम गर्दैछ ।
विरोध कार्यक्रममा काँग्रेसले प्रतिनिधिसभा विघटनको मुद्दासँगै सरकारका बेथिति, भ्रष्टाचार र जनजीविकाका मुद्दालाई पनि जोडेको छ ।
सोही मुद्दालाई लिएर आज काँग्रेस ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विरोध कार्यक्रममा छ । ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रपछि माघ ३ गते पालिका र माघ ८ मा वडा तह केन्द्रित विरोध प्रदर्शन गर्ने कार्यक्रम काँग्रेसको छ ।
यसअघि पुस १३ गते काँग्रेसले यीनै विषयमा १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र केन्द्रित प्रदर्शन गरेको थियो । तर काँग्रेसको विरोध कार्यक्रमको उद्देश्य संसद पुनस्र्थापना भने बस्न सकेको देखिँदैन । सभापति शेरबहादुर देउवालाई प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्वास कम छ ।
देउवाले निर्वाचनतिर बढी नै जोड दिइरहेको पाइन्छ । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले भने निर्वाचन र पुनःस्थापना दुवै नहुने खतारा औल्याइरहेको अवस्था छ ।
उद्धारमा खटिएका सुरक्षाकर्मीहरूलाई प्रधानमन्त्रीको ‘उच्च सम्मान’
अब नेपालले लड्नैपर्ने एउटा वैश्विक लडाईं
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै