सरकारले लगायो विप्लव समूहमाथि प्रतिबन्ध


सरकारले लगायो विप्लव समूहमाथि प्रतिबन्ध

काठमाण्डौं: मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

सरकारले विप्लव समूह आपराधिक संगठन भएको निष्कर्ष निकाल्लै प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको क्याबिनेट श्रोतले भन्यो, ‘संविधानमा नै हातहतियार लिएर अपराधिक गतिविधि गर्न नपाउने उल्लेख भएकोले संविधान बमोजिम नै निर्णय गरिएको छ । कसैले पनि शान्ति भड्काउने गतिविधि गर्न पाउँदैन् ।’

Kanti Aarogya Hospital Nepalgunj

बैठकमा गृहमन्त्री बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास, विप्लव समूहका पछिल्ला गतिविधि, एनसेललगायतका स्थानमा भएको बम विस्फोट र चन्दा आतंकबारे व्रिफिङ गरेका थिए । राज्यले पटक–पटक वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले अपराधिक गतिविधिमा रोक लगाउनु परेको बताइएको छ ।

विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेकोभन्दै सरकार आक्रामक रुपमा प्रस्तुत भएको बताइएको छ ।