नेपालगन्ज : मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीले उपकुलपतिको पुत्ला जलाएका छन् ।
उपकुलपतिको निर्देशनमा विद्यार्थीमाथि आक्रमण र प्रहरी दमन भएको भन्दै विद्यार्थीले सोमबार बिहानै विश्वविद्यालय परिसरमा उपकुलपति नन्दबहादुर सिंहको पुत्ला जलाएका हुन् ।
आईतबार विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको थियो ।
विद्यार्थीले विश्वविद्यालयमा सम्बन्धनविनै अध्यापन भइरहेको हाइड्रो इन्जिनियरिङ, कोरोना अवधिको शुल्क मिनाहको विषयमा उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।
उपकुलपतिले ज्ञापन पत्र बुझ्न नमानेपछि धर्नामा बसेका विद्यार्थीमाथी प्रहरीले लाठीचार्ज, अश्रुग्याँस र हवाईफायर गरेको विद्यार्थीको दाबी छ । त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् ।
केही महिनाअघि मात्रै ज्ञापनपत्र बुझाउन उपकुलपति कार्यालय पुगेका नेविसंघका पूर्वकेन्द्रीय सदस्य अनिल शाहीमाथि उपकुलपतिको संलग्नतामा उनकै कार्यकक्षमै कुटपिट भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा स्ववियु सदस्य तथा नेविसंघका नेता रोशन बस्नेत, विद्यार्थी तर्कराज शाही र लक्ष्मण बोगटी घाइते भएका थिए ।
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग