जयकिसानमाथि धम्बोझीको सानदार विजयी


जयकिसानमाथि धम्बोझीको सानदार विजयी

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर–१, सैनिकमा जारी स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको तेस्रो दिन धम्बोझी स्पोर्ट्स क्लब, नेपालगन्जले जयकिसान स्पोर्ट्स क्लब सैनिकलाई ४–० गोल अन्तरले हराएको छ ।

बुधबार सञ्चालन भएको पहिलो प्रतियोगितामा खेलभर उच्च दबाव राख्दै धम्बोझीले सानदार विजयी हाँसिल गरेको हो ।

धम्बोझीका तर्फबाट ६ नम्बर खेलाडी अनिश पौडेलले २ गोल गरे भने १६ नम्बर र १० नम्बर खेलाडीद्वय उद्धव कार्की र शनिल थापामगरले १–१ गोल गरे ।

त्यसैगरी दोस्रो खेलमा साहारा एकेडेमी, लखनउले सिटि एकेडेमी, कोहलपुरलाई हराएको छ । साहाराले २–० गोल अन्तरले सिटिलाई हराएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

साहाराका तर्फबाट १६ नम्बर खेलाडी रोहितले १९ औं मिनेटमा पहिलो गोल गरे भने १० नम्बर खेलाडी अरनपले ६६ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

जय किसान स्पोर्ट्सले अयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले भाग लिएका छन् ।

नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजक जय किसान स्पोर्ट्स क्लब सैनिकका अध्यक्ष दीपु रानाले बताए ।

मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँके जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजक क्लबका महासचिव दीपक रानाले बताए । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।