प्रचण्ड–नेपाल पक्षद्वारा आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक


प्रचण्ड–नेपाल पक्षद्वारा आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक

काठमाडौं १२ माघ : संसद विघटन विरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल पक्षले आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक गरेकोछ । प्रचण्ड–नेपाल पक्षले संसद विघटन विरुद्धको विरोध आन्दोलनको नयाँ कार्यक्रम पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

माघ १३ गतेदेखि माघ २८ गतेसम्मको १५ दिने विरोधको कार्यक्रम घोषणा गरिएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले दुई चरणको संघर्ष सफलतापूर्वक सञ्चालन भइसकेको भन्दै थप सशसक्त आन्दोलनका लागि नयाँ कार्यक्रम सार्वजनिक गरेको जनाए ।

उनका अनुसार संसद विघटनको असंवैधानिक कदम खारेज नगर्दासम्म संघर्ष जारी राखिनेछ ।

नेकपा प्रचण्ड–नेपाल समुहद्वारा घोषित कार्यक्रममा सिठ्ठी जुलुसदेखि धर्ना, ¥याली, विरोध प्रदर्शन र सभा रहेका छन् । दोस्रो चरणको आन्दोलनको अन्तिम दिन माघ २८ गते काठमाडौंमा बृहत विरोध प्रदर्शन गरिने नेकपा प्रचण्ड–नेपाल समुहले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

माघ १४–२१ गतेसम्म संविधान सभा सदस्य, विघटित प्रतिनिधिसभाका सांसद साथै प्रदेशसभा सदस्यहरूले माईतीघरमा धर्ना दिने, १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन र सभाको तय गरिएको छ ।

यस्तो छ आन्दोलनको नयाँ कार्यक्रम