काँग्रेस केन्द्रीय समितिको निर्णय

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसले राष्ट्रिय रुपमा आन्दोलन नगर्ने


प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसले राष्ट्रिय रुपमा आन्दोलन नगर्ने

File Photo

नेपालगन्ज १३ माघ : संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रतिनिधि विघटन विरुद्ध काँग्रेसले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम अन्र्तगत आगामी माघ १९ गते काँग्रेसको भातृसंगठनले विरोध प्रदर्शन गर्ने, २४ गते काँग्रेसको शुभेच्छुक संस्थाले प्रदर्शन गर्ने र ३० गते जिल्ला कार्यसमितिहरुको नेतृत्वमा प्रदर्शन गर्ने निर्णय काँग्रेसले गरेको छ ।

केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकले राष्ट्रिय रुपमा भने आन्दोलन तय गरिएन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राष्ट्रिय रुपमै आन्दोलनका कार्यक्रम तय गर्नुपर्ने आवाज उठाए पनि केन्द्रीय समितिले निर्णय नगरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

बैठकअघि बसेको पदाधिकारी बैठकले उक्त प्रस्ताव तयार पारेको थियो भने सोही प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो । यस्तै पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टाछुट्टै छलफल समेत भएको थियो ।

यसअघि काँग्रेसले ओलीको कदमविरुद्ध पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरीय र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।