नेपालगन्ज १५ माघ : नेकपा ओली समुहको बाँके संयोजकमा सूर्य ढकाल चयन भएका छन् ।
नेकपा ओली समुहको बिहीबार बुटवलमा भएको भेलाबाट नेकपा ओली समुह बाँकेका युवा तथा विद्यार्थी नेता ढकाल संयोजक चयन भएका हुन् ।
यस्तै बाँकेका खजुरा गाउँपालिकाका अध्यक्ष समेत रहेका चर्चित नेता किस्मत कुमार कक्षपति सहसंयोजकमा चयन भएकाछन् । भने सचिवमा भेरी अस्पताल नेपालगन्जका अध्यक्ष समेत रहेका नेता प्रमोद धिताल चयन भएकाछन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा ओली समुह) को भेलाले नेकपा बाँकेका संयोजक सहितको नेतृत्व चयन गरेको हो ।