नेपालगन्ज १७ माघ: जिल्ला निर्वाचन कार्यालय बाँकेले आगामी बैशाख महिनामा हुने निर्वाचनका लागि तयारी तिव्र पारेको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि १३८ मतदान स्थलमा ३६५ मतदान केन्द्र राख्ने सिफारिस गर्दै आयोगमा पठाएको छ ।
जिल्ला निर्वाचन कार्यालयले बाँकेमा विगत भन्दा केही बढि मतदान केन्द्र र स्थल बढाउन सिफारिस गरेको छ । यसअघिको निर्वाचनमा बाँकेमा १३६ मतदान स्थलमा ३२७ मतदान केन्द्र थिए ।
कोहलपुरमा मतदान स्थल एकबाट बढाएर तीन पुर्याइएको हो । आयोगले एक हजार मतदाताअनुसार एक निर्वाचन केन्द्र तोक्न निर्देशन दिएअनुसार जिल्ला निर्वाचन कार्यालयले पनि सोहीअनुसारको मतदाताको सङ्ख्याअनुसार मतदान स्थल र केन्द्रका बारेमा सिफरिस गरेको हो ।
जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीका अनुसार निर्वाचनका लागि दुई लाख ९० हजार ७६९ जना मतदाता हुने अनुमान गरिएको छ । उनका अनुसार जिल्लामा निर्वाचनको तयारीका लागि बैठक तथा अन्तरक्रिया सम्पन्न भएका छन् । अद्यावधिक कार्य जारी छ ।
आयोगका अनुसार मतदाता नामावली सच्याउने तथा दाबी विरोधका लागि माघ १६ देखि १८ गतेसम्म समय छुट्याइएको छ । स्थानीय तहबाट प्राप्त विवरण निर्वाचन आयोगमा जिल्ला निर्वाचन कार्यालयले पठाउनेछ । आयोगबाट यसकै आधारमा अन्तिम नामावली प्रकाशन हुनेछ ।
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही