प्रचण्डविरूद्ध सर्वोच्चमा मुद्दा, मङ्गलबार पेशी


प्रचण्डविरूद्ध सर्वोच्चमा मुद्दा, मङ्गलबार पेशी

File Photo

नेपालगन्ज १९ माघ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनाको मुद्दा दर्ता भएकोछ ।

अधिवक्ता समिर हायुले प्रचण्ड विरुद्ध अदालतको अवहेलनाको सोमबार मुद्दा दायर गरेका हुन् । जसको पेसी भोलि मंगलबारका लागि तोकिएको छ । प्रचण्डले पटकपटक अदालत र न्यायाधीशहरूलाई लक्षित गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको रिट निवेदकको दाबी छ ।

विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए । प्रचण्डले सर्वोच्चमा मुद्दा परेका कारण धैयर्तापूर्वक बसेको बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दामा अहिले सर्वोच्च अदालतको संवैधानिक ईजलासमा सुनुवाइ भैरहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरेको भन्दै अधिवक्ता हायुले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । सर्वोच्चले यसअघि नै प्रधानमन्त्री ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा विचाराधीन छ ।

अदालतको अवहेलना मुद्दामा उनीहरु आफैं उपस्थित भएर जवाफ दिन आदेश दिइसकेको छ ।