नेपालगन्ज १९ माघ : नेपालगन्ज फोटो फेस्टिवलको आयोजक अन्तरालले फोटो पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि भएको अन्तरक्रियामा फोटो पत्रकारिताको महत्व र फेस्टिवलका बारेमा चर्चा गरिएको थियो ।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले फेस्टिवलले नेपालगन्ज सहरको महत्व र ईतिहासलाई जोगाउन सहयोग गर्ने बताए । उनले भने, ‘कुनै पनि सहर होस या घटना । त्यसको आफ्नै एउटा ईतिहास हुन्छ । फोटो खिच्दाको क्षण पनि एउटा ईतिहास हो । जसले हाम्रो समाजलाई नयाँ कुरा सिकाउँछ ।’
नेपालगन्जमा महत्वपुर्ण अर्थ राख्ने घटनाको फोटोहरु निकै कम पाइने गरेको बताउँदै त्यसलाई आगामी दिनमा कम गर्न फेस्टिवलले सहयोग गर्ने शाहले बताए ।
उनले भने, ‘नेपालगन्जमा पुराना फोटो पत्रकारहरु पनि हुनुहुन्छ । तर उहाँहरुले खिचेको फोटोहरु जोगाउन सकिएका छैन । हामीसँग २०६२–६३ को जनआन्दोलनकै धेरै फोटोहरु छैनन । यस्ता ऐतिहासिक क्षणको फोटो जोगाउने प्रयास फेस्टिवलले गर्नेछ ।’
आगामी वर्षदेखी फेस्टिवल हरेक वर्षको फागुन ७ र ८ गते गर्ने शाहले बताए । अन्तरालको आयोजनामा फागुनको ७ र ८ गते नेपालगन्जमा फोटो फेस्टिवल हुदैँछ । हरेक वर्ष नेपालगन्जमा फोटो फेस्टिवल गर्दै आएको अन्तरालले यस वर्ष थप विधा थप्दै फेस्टिवललाई थप आर्कषक बनाउने प्रयास गरेको छ ।
अन्तरालको आयोजना तथा व्यवस्थापनमा हुनेफेस्टिवलमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सञ्चारकर्मी र सर्वसाधारणले खिचेका फोटोहरु समावेश गरिनेछ ।
फेस्टिवलमा सहभागी हुनका लागी फोटो पत्रकार तथा सर्वसाधारणले पछिल्लो २ वर्ष यता खिचिएको फोटोहरु इमेलमार्फत पठाउनु पर्ने आयोजकले बताएको छ ।
फेस्टिवलमा यसपटक ५ वटा विधामा खुला प्रतिस्पर्धा हुनेछ । हरेक विधामा उत्कृष्ट एउटा फोटो पुरस्कृत हुने छ । सबै विधाबाट सर्वोत्कृष्ट फोटोलाई वर्ष फोटो उपाधि सहित पुरस्कृत गरिनेछ ।
समाचार र दैनिक जीवन, संस्कृति र पर्यटन, वन्यजन्तु र प्रकृति, खेलकुद तथा नेपाल स्माइल (जस अन्तर्गत खुसी, उत्साह र उमंग झल्किने फोटो) गरी ५ विधामा प्रतिस्पर्धा हुनेछ । फेस्टिवलको उत्कृष्ट फोटोलाई २५ हजार र विधागत रुपमा उत्कृष्ट हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बतायो ।
फोटो कथा विधामा भने प्रतिस्पर्धा हुने छैन । यस विधामा कम्तीमा ५ देखी १२ वटा सम्म फोटो पठाउनु पर्नेछ । प्रतिस्पर्धामा छनोट भएका १ सय ५० बढी फोटोहरु प्रदर्शनीमा राखिनेछ । फेस्टिवलका अवसरमा ३५ जना सहभागीका लागि २ दिने फोटोग्राफी कार्यशाला आयोजना गरिनेछ । राजधानी काठमाडौंबाट आउने वरिष्ठ फोटो पत्रकारहरुले उक्त कार्यशालामा सहजीकरण गर्नेछन् ।
यसैगरी फेस्टिवलकै अवसरमा प्रतिस्पर्धामा छनोट भएका फोटो खिच्ने फोटोग्राफर र सहभागीवीच उक्त फोटो खिच्दाका रोमाञ्चकारी अनुभव बारेमा अन्तरक्रिया आयोजना गरिनेछ । फेस्टिवलको अवसरमा स्ट्रीट फोटो प्रदर्शनी, वेस्ट सेल्फी लगायतका आर्कषणहरु थपिएका छन ।
यस वर्षदेखि नेपालगन्ज बाहिर पनि फोटो प्रदर्शनी यात्रा हुने आयोजक अन्तरालले जनाएको छ । लुम्बिनी प्रदेशमा अर्को एकठाउँमा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको १–१ स्थानमा फोटो प्रदर्शनी यात्रा हुनेछ ।
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार