दुई चार जना बाहिरिँदैमा देशमा केही संकट आउँदैन : प्रधानमन्त्री ओली

चुनाव तोकिएकै मितिमा हुन्छ, साह्रै किचकिच गर्ने र गाली गर्ने मान्छेहरु गएको राम्रो भयो


दुई चार जना बाहिरिँदैमा देशमा केही संकट आउँदैन : प्रधानमन्त्री ओली

File Photo

नेपालगन्ज १९ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चार जना बाहिरिँदैमा देशमा केही संकट नआउने बताएका छन् । उनले पार्टी पार्टीभित्र उपद्व मच्याउने दुई चार जना बाहिरिदाँ पार्टी झनै व्यवस्थित भएको तर्क समेत गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरण ढल्केबर सब स्टेशन उद्घाटन कार्यक्रममा उनले भने, ‘पार्टीभित्र कसैलाई कारबाही नगर्दा पनि पार्टी छाडेर गएको भन्दै दुई चार जना जाँदैमा देशमा केही संकट आउदैन ।’ उनले अगाडी थपे– ‘कमिलालाई काल आयो भने पखेटा पलाउँछ भन्थे, केही व्यक्तिहरु पार्टीबाट त्यसैगरी गएका छन् ।’

उनले पार्टीभित्र सहमतिका लागि फागुनमै पद छाड्ने बताउँदासमेत अरुलाई चित्त नबुझेको भन्दै ‘दुईचार जना धेरैमा दुई चार सय मान्छे गएका छन् । तीन करोड जनतामा त्यही मान्छे बाहिर जाँदा के संकट आउँछ’, उनले भने, ‘जानेहरू न देश भक्ति छन् । न जनतालाई माया र सुख देख्नेहरु नै ।’

पशुपतिमा सुनको जलप लगाउनेको विरोध गर्नेलाई लक्षित गर्दै उनले भने, ‘परम्परा भत्कियो रे, सभ्यता भत्कियो रे । तपाईंका बुवाले हलो जोत्नुभयो भने तपाईंले किन पत्रकार बन्ने किन विद्वान हुने त । मेरो बुवाले हलो जोते मैले त्यही परम्परा मान्ने त ?’

Kanti Aarogya Hospital Nepalgunj

आफूले धेरै वर्ष जेलमा बिताएको भन्दै उनले पेन किलर खाएर आफ्नो किड्नी बिग्रेको समेत बताउन भ्याए । ‘साथीहरु हाँसे दोस्रो पटक किड्नी फेरेपछि त यो बाँच्दै बाँच्दैन भनेर कहाँ सुनेछन् ।’

‘नेपालमै किड्नी फेर्ने ठाउँसमेत आफूले बनाएको भन्दै कार्यक्रममा जस समेत लिए’, उनले भने, ‘अब फेरि पार्टी निद्राबाट ब्यूँझिएको जस्तो भएको छ । के संकट आएको छ र दुई चार जना जाँदैमा ? केको संकट तीन करोड जनता छन् ।’

जनतालाई सुख नदिने मान्छे बाहिरिएका भन्दै कुनै संकट नहुने पनि उनले बताए । चुनाव तोकिएको समयमै हुने भन्दै उनले सबैलाई तयार हुन पनि आग्रह गरे । नयाँ शिराबाट देश बनाउने पार्टी बनाउने भन्दै उनले यी साह्रै किचकिच गर्ने र गाली गर्ने मान्छेहरु गएको राम्रो भएको उनले बताए ।