प्रचण्ड–नेपाल समुहको केन्द्रीय समिति बैठक निर्णय

केपी ओली पार्टीबाटै निष्कासित


केपी ओली पार्टीबाटै निष्कासित

काठमाण्डौं १९ माघ: नेकपा (प्रचण्ड– नेपाल) समुहले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई कारबाही गर्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ ।

सोमबार बसेको नेकपा (प्रचण्ड–नेपाल) समहुको चौथो केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । भने महासचिव विष्णु पौडेललाई समेत सो पदबाट हटाएको छ ।

बैठकमा नेकपा (प्रचण्ड–नेपाल) समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बैठकले पारित गरेको हो ।

यसअघि (प्रचण्ड–नेपाल) समुहको पेरिसडाँडामा माघ ११ गते बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

नेताहरुले माघ ५ गते मा तीन दिनको अल्टिमेटमसहित उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएका थिए । तर, ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णय केन्द्रीय समितिबाट आज अनुमोदन गराइएको हो ।

यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएरको थियो । अहिले ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनाइएको छ । पुस ५ गते मा प्रतिनिधिसभा विघटन गर्ने निर्णय ओलीले लिएपछि नेकपा विभाजित बनेको छ ।