बुधबार संवैधानिक परिषद्को बैठक बस्दै


बुधबार संवैधानिक परिषद्को बैठक बस्दै

नेपालगन्ज २० माघ : संवैधानिक परिषद्को बैठक भोली बुधबार बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि संवैधानिक परिषद्को बैठक बस्ने भएको हो । प्रधानमन्त्री ओलीले बुधबार साँझ ५ बजे बैठक बोलाएकाछन् ।

यसअघि संवैधानिक परिषदले विभिन्न निकायमा गरेका नियुक्ति सिफारिसलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका थिए ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने सापकोटाको उक्त कदमप्रति आपत्ती जनाएका थिए । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य हुन्छन् । यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

संवैधानिक परिषदमा पहिला गणपूरक संख्याका लागि अध्यक्ष र अन्य चार जना उपस्थित हुनुपर्ने कानूनी प्राबधान थियो । ओलीले तत्काल कायम रहेका सदस्यको बहुमतबाट निर्णय हुन सक्ने प्रावधान राखेर अध्यादेश जारी गराएका हुन् । यो अध्यादेशअनुसार अब संवैधानिक परिषदमा तीन जना उपस्थित भएर निर्णय गर्न सक्नेछन् ।

सोहीअनुसार प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीशको उपस्थितिमा बसेको बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुखसहितका संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेको थियो ।

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल रहेको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भने बैठकबारे अहिलेसम्म खबर भएको छैन ।