७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोगको पदाधिकारी नियुक्त, बाँकेको अध्यक्षमा ढकाल


७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोगको पदाधिकारी नियुक्त, बाँकेको अध्यक्षमा ढकाल

File Photo

नेपालगन्ज २० माघ : सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको जिल्ला समिति गठन गरेको छ ।

प्रतिनिधिसभा विघटन गरेर काम चलाउ बनेको सरकारले धमाधम रिक्त रहेको ठाउँमा आफू निकटकालाई नियुक्त गरिरहेको छ ।

सोही क्रममा सरकारले सबै जिल्लामा जिल्ला अध्यक्ष तोकेको हो । केही दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला समिति गठन गर्ने निर्णय गरेको हो ।

यो आयोगले सुकुम्बासी, भूमिहीन, अव्यवस्थित बसोबास गर्दै आएकाहरुलाई जग्गा वितरण गर्ने लक्ष्य लिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ को दफा ८ को उपदफा (१) बमोजिमको जिल्ला समितिमा सोही उपदफाको खण्ड क बमोजिम अध्यक्ष र खण्ड ख बमोजिम सदस्यमा मनोनयन गर्ने निर्णय गरेको भूमि व्यवस्था‚ सहकारी तथा गरिबी निवारण मन्त्रालयको् सूचनामा भनिएको छ ।

यसैबीच भूमि सम्बन्धि समस्या समाधन आयोगकको बाँके जिल्ला समितिको अध्यक्षमा शान्तिदेवी ढकाल नियुक्त भएका छन् ।

उनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० निवासी हुन् । यस्तै बाँके समितिको विज्ञमा तेज कुमार धिताल नियुक्त भएका छन् । उनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१६ निवासी हुन् । भने सदस्यमा नेपालगन्ज वडा नम्बर–१६ कै गोपाल गिरी चयन भएकाछन् ।