File Photo
नेपालगन्ज २० माघ : सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको जिल्ला समिति गठन गरेको छ ।
प्रतिनिधिसभा विघटन गरेर काम चलाउ बनेको सरकारले धमाधम रिक्त रहेको ठाउँमा आफू निकटकालाई नियुक्त गरिरहेको छ ।
सोही क्रममा सरकारले सबै जिल्लामा जिल्ला अध्यक्ष तोकेको हो । केही दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला समिति गठन गर्ने निर्णय गरेको हो ।
यो आयोगले सुकुम्बासी, भूमिहीन, अव्यवस्थित बसोबास गर्दै आएकाहरुलाई जग्गा वितरण गर्ने लक्ष्य लिएको छ ।
नेपाल सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ को दफा ८ को उपदफा (१) बमोजिमको जिल्ला समितिमा सोही उपदफाको खण्ड क बमोजिम अध्यक्ष र खण्ड ख बमोजिम सदस्यमा मनोनयन गर्ने निर्णय गरेको भूमि व्यवस्था‚ सहकारी तथा गरिबी निवारण मन्त्रालयको् सूचनामा भनिएको छ ।
यसैबीच भूमि सम्बन्धि समस्या समाधन आयोगकको बाँके जिल्ला समितिको अध्यक्षमा शान्तिदेवी ढकाल नियुक्त भएका छन् ।
उनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० निवासी हुन् । यस्तै बाँके समितिको विज्ञमा तेज कुमार धिताल नियुक्त भएका छन् । उनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१६ निवासी हुन् । भने सदस्यमा नेपालगन्ज वडा नम्बर–१६ कै गोपाल गिरी चयन भएकाछन् ।
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही