नेपालगन्ज २२ माघ : नेकपा (प्रचण्ड–नेपाल) समुहले बिहीबार देशव्यापी गरेको आमहड्तालको बाँके र बर्दियामा सामान्य प्रभाव परेकोछ ।
प्रचण्ड–नेपाल समुहले गरेको देशब्यापी आमहड्तालले बाँके र बर्दियामा खासै प्रभाव पारेको छैन । यहाँ लामो दूरीको सवारी साधन चलेका छैनन भने छोटो दूरीका सवारी साधन निर्वाधरुपमा चलेकाछन् । हड्तालको प्रभावले बर्दियाको गुलरिया, भुरीगाँउ, बाँसगढी तथा बाँकेको खजुरा, नेपालगन्ज र कोहलपुर लगायतका क्षेत्रमा केही प्रभाव परेतापनि सर्वसाधरणको आवागमन निर्वाधरुपमा भएकोछ ।
प्रचण्ड–नेपाल समुहको हड्ताललाई लिएर दुवै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको छ भने ठाँउ ठाउँमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको बाक्लो उपस्थिती रहेकोछ ।प्रचण्ड–नेपाल समुहको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।
सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा समेत गरेको छ ।
देशव्यापी आमहड्तालमा बिहीबार देशभर विभिन्न स्थानमा हालसम्म ९३ जना बन्दकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार सबैभन्दा बढि काठमाडौँबाट ७६ जना, भक्तपुरबाट १ तथा तनहुँबाट १६ जना पक्राउ परिसकेका छन् ।
त्यस्तै, देशका विभिन्न स्थानमा सवारीसाधनमाथि अगजनी तथा तोडफोडका घटनाहरु भएका छन् ।
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही