बन्द गराउने निहुँमा पूर्वमन्त्रीसहित दुई दर्जनभन्दा बढी घाइते


बन्द गराउने निहुँमा पूर्वमन्त्रीसहित दुई दर्जनभन्दा बढी घाइते

नेपालगन्ज २२ माघ : नेकपा (प्रचण्ड–नेपाल) समुह आमहड्तालका नाममा अराजक बन्दै गएको छ । देशब्यापी गरिएको आमहड्ताल सफल बनाउन ठाँउठाँउमा प्रर्दशन र झडप समेत भएकोछ ।

जनकपुरधाममा बन्दको न्यून प्रभाव देखिएपछि बन्द गराउन हिँडेका प्रदर्शनकारी तथा प्रहरीबीच झडप हुँदा दुई पूर्वमन्त्रीसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । बिहीबार जनकपुरधामस्थित शिवचोकमा बन्द गराउन पुगेका प्रदर्शनकारीहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि झडप हुँदा दुई पूर्वमन्त्री, एक नगरपालिकाका प्रमुखसहित २८ जना घाइते भएका हुन् ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा पूर्वमन्त्री रामचन्द्र झा, प्रहरी नायव निरीक्षक नागेन्द्र यादव, प्रहरी जवान लालबाबु राई, प्रदर्शनकारी कारीराम यादव र प्रदीप साह घाइते भएको र उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।

पूर्वमन्त्री झाको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको टाउकोमा ६ वटा टाँका लागेको छ । अन्य घाइते हुनेमा पूर्वमन्त्री मातृका यादव, शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया, शिवकुमार गोइत, सुरेश कापर, रुपेश विराजी, उमेश कुमार साह, रञ्जित पाण्डे, अपराजय मण्डल, सुभाष मण्डल र विरजु विराजी रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार प्रहरीतर्फ समेत १५ जनालाई चोटपटक लागेको त्यसमध्ये दुईजना घाइते भएको बताए । प्रहरीले ११ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शन हुँदा प्रहरीले हवाई फायर र आश्रु ग्यास प्रहार गरेको थियो ।