नेपालगन्ज २२ माघ : प्रचण्ड–माधव समूहका कार्यकर्ताले टायर बाल्दै आन्दोलन गरिरहँदा धनगढीमा नेकपाकै ओली पक्षका युवा बन्द फिर्ता लिन दबाब दिने भन्दै आन्दोलनमा उत्रिएका छन् ।
प्रचण्ड–माधव समूहले बिहीबार बिहानैदेखि सडकमा टायर बालेर आन्दोलन चर्काएका थिए । जसका कारण बजार र यातायात पूर्ण रुपमा ठप्प बन्यो । बिहीबार दिउँसो ओली पक्षले बन्दको बिरोध गर्दै बजारमा ¥याली निकाल्यो । जसका कारण धनगढी बजार क्षेत्र झनै तनावग्रस्त बन्यो ।
दुवै पक्षले ¥याली निकालेपछि प्रशासनले धनगढी आसपासको क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन समेत गरेको छ । ओली पक्षले ‘बन्द हड्ताल गर्न पाइँदैन, जनतालाई दुःख दिने काम बन्द गर, शान्तिसुरक्षा कायम गरौं’ भन्दै धनगढी चौराहदेखि क्याम्पसरोडसम्म ¥याली निकालेको थियो ।
उता प्रचण्ड–माधव समूहका कार्यकर्ताले ‘विघटित संसद पुनस्र्थापना गर, ओली सरकार मुर्दावाद, गणतन्त्र जिन्दावाद, असंवैधानिक तरिकाले नियुक्त गरिएका संवैधानिक आयोगका पदाधिकारी खारेज गर’ भन्दै धनगढी लगायत कैलालीका विभिन्न स्थानमा टायर बालेर नारावाजी गरेका थिए ।
धनगढीको क्याम्पस चोक, ट्राफिक चौराह, शहिदगेट चटकपुरमा जम्मा भएका नेकपाका नेता कार्यकर्ताले टायर बालेर प्रर्दशन गर्दै सरकारविरुद्ध नारावाजी गरेका थिए ।
बिहानैदेखि रोडमा निस्किएका नेता कार्यकर्ताले छिटफुट रुपमा खुलेका पसलसमेत बन्द गराउँदै हिडेका थिए । हड्तालका कारण बजार व्यवसाय, शैक्षिक संस्था, सार्वजनिक यातायता सेवा लगायतका सेवा प्रभावित बनेकोछ ।
बीरगञ्जका क्यासिनोबाट समातिए प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्ष
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही